काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने भएका छन् ।
शुक्रबार रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै आफ्ना सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएका हुन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,’ सभापति लामिछानेले बुझाएको पत्रमा भनिएको छ ।