Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको उद्घाटन गरेका छन् ।  नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।  इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो । प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता…

Read More

काठमाडौं । मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो। यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको धेरैजसो भूभागमा विस्तार भएकोमा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो। मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन्।

Read More

काठमाडौं । संसदमा जारी विरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुक्रबारको कार्यसूचीबाट हटाइएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकको प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको थियो । तर, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कार्यक्रम हटाइएको जानकारी गराए । सभामुख घिमिरेले रास्वपा र राप्रपाका सांसदहरूलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गरे पनि उनीहरूले विरोध जारी राखेपछि प्रधानमन्त्रीसँगको कार्यक्रम हटाइएको हो । सभामुखले भने, ‘माननीय सदस्यहरू संसदमा समय लिएर बोल्नुपर्छ, संसद्लाई नियमबद्ध रूपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएका छौँ । आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी…

Read More

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको बाढीले यात्रु बोकेको एउटा बस बगाएको छ। प्रहरीले बसमा सवार सबै यात्रु सकुशल उद्धार गरेको छ। बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस बिहीबार राति करिब ११ बजे विनयी खोलामा आएको बाढीले बगाएको हो। बसमा तीन बालबालिका सहित ३८ जना यात्रु थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरले सबै यात्रुहरुलाई सकुशल उद्दार गरिएको जनाएको छ। उक्त स्थानमा गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भत्काएपछि वैकल्पिकरूपमा डाइभर्सन निर्माण गरिएको थियो। तर निरन्तरको वर्षाका कारण आएको बाढीले डाइभर्सन पटक–पटक बगाउँदै यातायात अबरुद्ध बनाइरहेको छ। डाइभर्सन पूर्णरूपमा बगाएकाले अहिले दुम्किबासदेखि दाउन्नेतर्फको सडकखण्ड अवरुद्ध भएको छ। सडक…

Read More

काठमाडौं ।  स्कटल्यान्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ। स्कटल्यान्डको टिटउट रंगशालामा भएको खेलमा एक सय ७५ रनको लक्ष्य पाएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक बनाए। उनले ५१ बलमा ६ चौकाको मद्दतमा ६५ रन बनाए। यस्तै आरिफ शेखले २३ बलमा ३ चोका र २ छक्का प्रहार गर्दै ३९ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए। भीम शार्कीले २७, दीपेन्द्र सिंह ऐरीले १६ तथा लोकेश बमले १२ रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७४…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका २ जना न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन गर्ने भएको छ । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसहित सार्वजनिक आलोचना भएपछि परिषद्ले छानबिन गर्ने निर्णय गरेको हो । बिहीबार बसेको परिषद्को बैठकले १ सदस्यीय छानबिन समिति बनाएर दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट तानेको छ । कार्यक्षेत्रमै रहँदा न्यायाधीश थारुमाथि कालोमसी फालिएको थियो । जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि उच्च अदालतका न्यायाधीशद्वयले सफाइ हुने फैसला गरेका थिए । मृतक पिन्टु त्रिलोकका बुवाले न्यायाधीशहरूविरुद्ध न्याय परिषद्मा उजुरी दिएका थिए ।

Read More

काठमाडौं । उच्च अदालतले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यो सँगै प्रहरीले अब पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने भएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले बिहीबार दुवै पक्षको सुनुवाइपछि सो आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार यो आदेशलाई निरन्तरता दिएको हो । सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने पनि उच्च अदालतको आदेशमा उल्लेख छ।

Read More

काठमाडौं । गृह मन्त्रालयले तीन जना सहसचिवको सरुवा गरेको छ । यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर गृह मन्त्रालयमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् । भक्तपुरका सीडीओ रहेका गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेललाई भने गृह मन्त्रालय तानिएको छ ।

Read More

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो । सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो । मितेरी सहकारीका महाप्रबन्धक गुरुङले…

Read More