Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बुधबार सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ। आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्काे साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ। गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो १५ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए।

Read More

काठमाडौं । प्रतिनिधिसभाले बजेट पारित गर्नका लागि असार १४ गतेसम्मका लागि नयाँ क्यालेण्डर तयार गरेको छ। बजेट पारित गर्ने गरी यसअघि तयार भएको क्यालेण्डर संसद् अवरुद्ध भएर प्रभावित भएपछि संसद् सचिवालयले नयाँ क्यालेण्डर बनाएको हो। जसअनुसार असार १० गते प्रतिनिधिसभाबाट बजेटको मूल विधेयक (विनियोजन विधेयक) पारित गर्ने नयाँ तालिकामा उल्लेख छ। क्यालेण्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ। क्यालेण्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेण्डरमा भएअनुसार आज बैठक बसेको छैन। ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेण्डरमा उल्लेख छ ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ। कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।…

Read More

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–४ स्थित बुङ झरनामा पहिरो खस्दा बेसिशहर–मनाङ सडक खण्ड अवरुद्ध  सडक पहिरोपछि पुनः सञ्चालनमा आएको छ। अवरुद्ध सडकलाई तत्कालै सुचारु गर्न खटिएको प्रहरी टोलीले सडक आयोजनासँगको समन्वयमा पहिरो पन्छाउने कार्य सम्पन्न गरेपछि बाटो पुनः सञ्चालनमा आएको हो। सडक माथिबाट खसेको पहिरोका कारण केही समयका लागि सवारी आवागमन रोकिएको भए पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रियतामा सडक सफा गरी यातायात पुनः सहज बनाइएको छ।

Read More

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएहो । मिश्र मंगलबार नै बयानका लागि अदालतमा हाजिर भएका थिए। धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरे पनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए। राज्यले आफूहरुलाई दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुखद रहेको उनले बताए। मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो।

Read More

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार गाउँसभाको १७औं अधिवेशनको ३५औं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । ‘कृषिमा आत्मनिर्भर, गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। अग्र्यानिक तरकारी उत्पादन, जैविक विविधता संरक्षण, ‘घरमै रोजगार गोठमै व्यापार’ कार्यक्रममार्फत व्यावसायिक पशुपालन प्रवद्र्धन गरिने नीति लिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई कृषि तथा पशुपालनमा अनुदान दिने, माछापालन कार्यक्रमलाई प्रोत्साहन गर्दै हरित अर्थतन्त्रको विकास गर्ने योजना छ। कृषकको लगानी सुरक्षित गर्न ५०…

Read More

काठमाडौं ।  गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।  सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।

Read More

ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ-संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो । ती संस्थाहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरू…

Read More

काठमाडौं । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौँ तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत गौतमउपर २ करोड ५१ लाख बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो । प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०३ गते। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कमल राज गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५।०१।०७ देखि मिति…

Read More