लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–४ स्थित बुङ झरनामा पहिरो खस्दा बेसिशहर–मनाङ सडक खण्ड अवरुद्ध सडक पहिरोपछि पुनः सञ्चालनमा आएको छ।
अवरुद्ध सडकलाई तत्कालै सुचारु गर्न खटिएको प्रहरी टोलीले सडक आयोजनासँगको समन्वयमा पहिरो पन्छाउने कार्य सम्पन्न गरेपछि बाटो पुनः सञ्चालनमा आएको हो।
सडक माथिबाट खसेको पहिरोका कारण केही समयका लागि सवारी आवागमन रोकिएको भए पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रियतामा सडक सफा गरी यातायात पुनः सहज बनाइएको छ।