About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।…
काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन गरेको छ। काठमाडौं…
काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद…
काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज…
- डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
- काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
- १२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- एनपीएलमा जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
- रास्वपाले बोलायो आकस्मिक बैठक
- भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु–छोरा मृत फेला
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री दाहालले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।
लमजुङ । लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । माघको पहिलो सातादेखि विवरण संकलन गर्न लागिएको हो । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन हुँदै आएको छ । स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल जिल्ला प्रशासन कार्यालयमा दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न…
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ । नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही…
काठमाडौं । विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र रु.३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो । अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र रु.३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा…
काठमाडौं । धरौटीमा रिहा भएका सन्दीप लामिछानेले काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ । बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीसहित उच्च अदालत पाटनले सर्तसहित रिहा गर्न आदेश दिएको हो।कारागारमुक्त हुन उनले नगदै धरौटी बुझाउनुपर्ने भएपछि भोलि मात्रै रिहा हुने भएका छन्। क्रिकेट खेल्न भने उनलाई प्रतिबन्ध गरिएको छैन। हेर्नुहोस् आदेशको पूर्णपाठ
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । यस्तै, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बैंकर्ससँघले गरेको छलफलमा अधिकांश बैंकले ब्याजदर घटाउनुपर्ने धारणा राखेपछि मुद्दतीको ब्याजदर घटाउने भद्र सहमति भएको हो। हाल बैंहरुको मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ। बैंकर्स सँघले माघदेखि उक्त ब्यादर घटाएर ११ प्रतिशतमा झार्ने सहमति गरेको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित