Author: हाम्राे हेडलाइन

काठमाडौं । घोडेजात्राको दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक(वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो। ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी ९इसिसी०, आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।…

Read More

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको उक्त निर्णयपछि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने विरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको थियो । नेपाल प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा फाइल पेस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै फाइल…

Read More

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।  नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित १० राजनीतिक दलहरूले समर्थन दिएका छन्  भने एमाले, राप्रपासहित केही साना र स्वतन्त्र सासंदहरू विश्वासको मतको विपक्षमा उभिएका छन्। २६२ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको छ। एक मत कतै परेन।

Read More

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए । ‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन…

Read More

काठमाडौं । ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोडको प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् । कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालो झन्डासमेत देखाएका थिए ।

Read More

वियोगको बेला झूटो बोल्दिन, मलाई नौनी जस्ता छोरी हैन चट्टान जस्तो छोरो चाहिएको थियो ! छोरीहरू पिलित्त रोइदिन्छन अनि मिसाइदिन्छन नुनिला आँशुलाई नुनिलै पसीना संग र बनाइदिन्छन ज़िन्दगीलाई चर्को ! भन्नेले जे भनून चर्को ज़िन्दगीलाई पानी खुवाइरहन गरीबहरू संग न समय हुन्छ न धारो, मूल र जरूवा ! त्यसैले मलाई छोरै चाहिएको थियो ! आज ओझेल नपरुन्जेल हेरिरहेछु तँलाई, देखिरहेछु- सानो छाप्रो अड्याइरहेको बलियो ढ़ूँगो पग्लिरहेछ र बगिरहेछ अरब सागर तिर ! चढाएँथें कैयौं ‘भोग’ देउताहरूलाई तँलाई जन्माइदिन भनी कैयौं ‘भोग’ राजाहरूलाई तँलाई बँचाइदिन भनी अनि कैयौं ‘भोग’ नेताहरूलाई तँलाई नलखेटून् भनी ! सोंचिरहें सधै- दिइरहने म, गरीब हुँदै हैन…

Read More

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Read More

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।

Read More

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । यही चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष,…

Read More