Author: हाम्राे हेडलाइन

काठमाडौं । यातायात मजदुर तथा व्यवसायीले आह्वान गरेको बन्दको सम्पूर्ण कार्यक्रमा स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न यातायात मजदुर र व्यवसायी तयार भएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछिसम्पूर्ण आन्दोलन स्थगित भएको मजदुर नेताले बताएका छन्। आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात आजै सुचारु हुने छ।

Read More

काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि पास हुने भएको छ । ७० अंक ल्याए लाइसेन्समा पास हुने नयाँ मापदण्ड आजदेखि लागू हुने भएको छ। आज प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले उक्त नयाँ मापदण्डको शुभारम्भ गर्नेछन्। उनले शुभारम्भ गरेसँगै आजैदेखि उक्त मापदण्ड कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ। सवारी चालक अनुमति पत्रको लागि उत्तिर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले मंगलबारबाट नयाँ व्यवस्था लागू गर्न लागेको हो। बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ। यातायात मजदुरहरुले बिहानैदेखि सार्वजनिक यातायात बन्द गरेका कारण जनजिवन प्रभावित भएको हो। सोमबार राति यातायात मजदुरहरुले बन्द घोषणा गरेका कारण बिहानै गन्तव्यमा हिँडेका यात्रु अलपत्रमा परेका छन्। केही निजी सवारी साधान चलेका छन भने फाट्टफुट्ट रुपमा सार्वजानिक यातायात पनि चलेका छन्। चक्रपथ बाहिर सार्वजनिक यातायात चले पनि चक्रपथ भित्र नगन्य रुपमा चलेका छन्।विहान कलेज विद्यालय र काममा जाने यात्रु सार्वजनिक यातायात नचल्दा मर्कामा परेका छन। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। ट्राफिक नियम पालनामा ज्यादती भएको भन्दै यातायात मजदुरहरुले आज बन्दको घोषणा गरेका…

Read More

काठमाडौं । आज फेब्रुअरी १४ तारिख, भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन्स् डे को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट सुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । थप सहमति नभएकाले सरकारमा जाने बचन नदिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

Read More

काठमाडौं । बालाजु क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका छन्। यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडपमा आन्दोलित उनीहरुले नेपाल प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका हुन्। यस्तै उनीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । यस्तै उनीहरुले काठमाडौंस्थित माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आगजनी गरेका छन् । आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्। उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन्।…

Read More

काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पुरा नभए फागुन २ गतेदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले विभिन्न १० बुँदे माग पुरा नभए भोलिदेखि नै गाडी नचलाउने बताएका छन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ । साथै, उनीहरुले फागुन ३ गतेदेखि देशभरि आन्दोलन गर्ने…

Read More

लमजुङ ।  मर्स्याङ्दी गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनिय र बस्तुनिष्ठ बनाउन कक्षा नर्सरी देखि १० सम्मका परीक्षाहरु परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरिय परीक्षा समिति गठन गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकिय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र ५ जना विषयगत उप समितिका संयोजकहरु सदस्य रहने गरी ९ सदस्यीय परीक्षा समिति रहने व्यवस्था सम्पन्न गाउँ सभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन समेत गरी समितिको आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै कामलाई अगाडी बढाइएको छ । विषयगत…

Read More

काठमाडौं । नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read More

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबारबाट सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनय मोहन क्यात्रा सोमबार बिहान काठमाडौं आइपुगेपछि बैठक सुरु भएको हो। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रणको बैठक करिब ७ महिनापछि बसेको हो। यसअघि यस्तो बैठक भदौ २८ र २९ मा दिल्लीमा बसेको थियो। यो संयन्त्रको बैठकमा नेपाल भारतका विभिन्न आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ। यो बैठकमा नेपाल भारत सीमाका सन्दर्भमा देखिएका समस्याबारे पनि छलफल हुने सम्भावना रहेको छ। बैठक काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको छ।

Read More