Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read More

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबारबाट सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनय मोहन क्यात्रा सोमबार बिहान काठमाडौं आइपुगेपछि बैठक सुरु भएको हो। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रणको बैठक करिब ७ महिनापछि बसेको हो। यसअघि यस्तो बैठक भदौ २८ र २९ मा दिल्लीमा बसेको थियो। यो संयन्त्रको बैठकमा नेपाल भारतका विभिन्न आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ। यो बैठकमा नेपाल भारत सीमाका सन्दर्भमा देखिएका समस्याबारे पनि छलफल हुने सम्भावना रहेको छ। बैठक काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको छ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १:३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ। ‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो। बैंकले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१०/२९ को निर्णयानुसार मिति २०७९/११/०१ गते सोमबारका दिन…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन्। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हु्न। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए। ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा सम्पूर्ण श्रमजीवि जनसमुदायमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्छु। यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले वैधानिक तवरबाट यसलाई स्थापित गरिनुपथ्र्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रतिा, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो। यो संकल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा…

Read More

लमजुङ । नेकपा (बहुमत) जिल्ला संगठन समिति लमजुङले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका लमजुङ संयोजक डिपी अधिकारीले प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई ज्ञापनपत्र बुझाएका हुन् । पार्टीले देशव्यापी प्रशासनमा ज्ञापन पत्र बुझाउने योजना अनुसार ज्ञापनपत्र बुझाएको संयोजक अधिकारीले बताए । यस्तै पार्टीले प्रजिअ पुरीलाई छुट्टै ४४ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीले लघुवित्त तथा अन्य बैंकवित्तले गरेका उत्पिडनबारेमा आन्दोलन गर्ने समेत संयोजक अधिकारीले बताए ।

Read More

काठमाडौं । सरकारले जनयुद्ध दिवस (फागुन-१)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसोको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेटको आकार सरकारले घटाएको छ। तत्कालीन अर्थमन्त्रीको जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। नयाँ सरकारले बजेटको आकार १४ प्रतिशतले घटाएको हो। आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्। अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो। सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पूँजीगत…

Read More

काठमाडौं । सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्ने भएको छ । आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ। ‘विशष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्न बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विश्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने। नेपाल सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने’, सहमतिपत्रमा उल्लेख छ। गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउने र सम्बोधन गरेर फर्किने क्रममा अपनाइएको सवारी शैलीलाई लिएर आलोचना…

Read More

काठमाडौं । म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा ३ वटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । तोडिएका ठेक्का सम्झौता योजनाको नाम निर्माण कम्पनी ठेक्का सम्झौता…

Read More

काठमाडौं । नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो ।…

Read More