Author: हाम्राे हेडलाइन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य समाग्री प्राप्त भएपछि मन्त्रीस्तरीय निर्णयनुसार उनलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखिएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने पत्रमा उल्लेख छ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने व्यवस्था गरेको छ । यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने व्यवस्था गरेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक…

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलराज शाह नियुक्त भएका छन् । सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि बिहीवार मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन्। अब मुख्यमन्त्री नियुक्त भएका शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको विश्वासको मत माग्ने प्रस्ताव छलफलका लागि सभामुखले मत विभाजन गर्दा विपक्षका सांसदहरु अधिक देखिएको भन्दै सभामुखले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहे ।

Read More

लमजुङ । दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा किविको बिरुवा वितरण गरेको छ । बाँझो जमिनको सदुपयोग गर्न र किविखेतितर्फ किसानलाई आकर्षित गराउनका लागि पालिकाको कृषि शाखाले ८० प्रतिशत अनुदानमा किसानलाई किविको विरुवा वितरण गरेको हो । कृषि शाखाको ५० हजार रुपैयाँ बजेटबाट पालिकाभित्रका १० जना किसानलाई ५ सय वटा किविको बिरुवा वितरण गरेको हो । उक्त बिरुवा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जिल्ला र जिल्ला बाहिरका बजारमा किविको माग राम्रो भएकाले किसानलाई किवि खेतितर्फ आकर्षित गर्दै आयआर्जन गरी जीवनस्तर वृद्धि गर्नका लागि गाउँपालिकाले किवि खेतिमा जोड दिन थालेको बताए । अनुदानमा किविका विरुवा पाएपछि किसानहरुले किविखेति गर्न थालेको उनको भनाई छ ।…

Read More

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशतमा झारेमा थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएकोछ । निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको र ब्याजदर धेरै घटाउँदा सुधार हुदै गएको बाह्य क्षेत्रमा दबाब पर्ने र मौद्रिक नीति समीक्षा पनि आउँदै गरेकोले अहिलेलाई ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानले अनुसन्धान अघि बढाइएको बताए । युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि अनुसन्धान अघि बढाइएको पाइएको छ। यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला गरिसकेको थियो।

Read More

काठमाडौं । सशस्त्र प्रहरीमा पहिलो ब्याचका ४ अधिकृतलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बल गठन भएर २०५९ सालमा भर्ना भएको पहिलो ब्याचको टोलीका चार जना अधिकृतलाई डीआईजीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो । बुधबार राति प्रकाशित बढुवा सूची अनुसार एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर ०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो । त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्नु…

Read More

काठमाडौं । काठमाडौंसँग जोडिएको मुख्य नाका नागढुङ्गा नौबिसे सडक खण्डमा लामो जाम लागेको छ। यो सडक खण्ड अन्तरगत झ्याप्ले खोलामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक बिग्रिएकाले बिहानदेखि नै चाप परेको छ । सामान बोकेर काठमाण्डौका लागि छुटेको ट्रक बिहान बिग्रिएको हो । यो सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । यसले गर्दा जाम भएको छ । बिग्रिएको ट्रकमा सामान धेरै भएकाले हटाउन पनि समस्या भएको नागढुङ्गामा खटिएका प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिए । गाडी बनाउन समय लाग्ने भएकाले अझै केही घण्टा यो सडक खण्डमा चाप पर्ने अनुमान छ ।

Read More