Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराएका घले केही समयदेखि नेपालमै उपचाररत थिए । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । प्रधानमन्त्रीले भने, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । उनले भने, “हामीले गणतन्त्र दिवस…

Read More

काठमाडौं  । युरोपेली युनियन (ईयू)को उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ। युरोपेली युनियनका एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो। आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०/१३२/३३ केभीको चिलिमे हब र त्रिशूली थ्रीबी हब सबस्टेसन निर्माणाधीन छन्। साथै, चिलिमे हबदेखि त्रिसूली थ्रीबी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ। अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ। युरोपेली…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाउन लागिएको हो।

Read More

एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै गएको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् । वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् । टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न…

Read More

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।

Read More

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ खर्ब १५ अर्ब १४ रुपैयाँले बढेको छ। जुन गतवर्षको ६ महिनाको अवधीमा ४.२ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको पुस मसान्तसम्म निक्षेप १ खर्ब ७९ अर्ब ७ करोड (३.८ प्रतिशत) ले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ। २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपौया मूल्य बढाएको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टीतेल १७५ रुपैयाँ पर्नेछ । इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.९८ रुपैयाँ, मट्टितेलमा ४।६१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ७।८० रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले बताएको छ ।

Read More

काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना बारेमा जाँचबुझ गर्न गठन भएको दुर्घटना जाँच आयोगले पहिलो रिपोर्ट सार्वजनिक गरेको छ। चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको फ्‍लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस डाटा रेकर्डहरुको विश्लेषण सार्वजनिक गरेको हो। सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। उक्त जहाजको दुवै इन्जिन प्रोपेलर फेदर किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको जाँच आयोगको प्रतिवेदनमा भनिएको छ। आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने बताएकको छ। जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनाको मुख्य कारण इन्जिनमा…

Read More

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। पुस सम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत वर्ष रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो । पुस एक महिनामा मात्रै १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो महिना १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५…

Read More