Author: हाम्राे हेडलाइन

काठमाडौं । जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना एकै पारिवारिका हुन् । मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि गएको सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा २० लाख रुपैयाँ मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई २० लाख…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् । काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् । बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ । कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो । कांग्रेससँग…

Read More

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन्। ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी बिरालो वर्ष…

Read More

सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शनिबार राति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । दुर्घटनामा  जीप चालक वीरेन्द्रनगर–७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका–५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर  गाउँपालिका–३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, २५ वर्षका भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार…

Read More

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी भइन् । उनको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ । एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए ।

Read More

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत पाए । महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भए । सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार…

Read More

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। संसद् सचिवालयको कार्यतालिका अनुसार दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ। शनिवारको प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

Read More

काठमाडौं । गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो । ‘निज प्रतिवादीलाई कानुन मबोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी छन् । यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराइसकेकी छन् । उनको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन छन् । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ । नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरू भएको छ । तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’’ भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला…

Read More