Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरिएको छ । हाल १२५ प्रतिशत रहेको जोखिम भारलाई घटाएर १०० प्रतिशतमा झारिएको हो । यसअघि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा जोखिम भार घटाईसकिएको थियो । यो निर्णयले बैंक तथा वित्तीय संस्थाको पूँजीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Read More

काठमाडौं । नेपाल प्रहरीको नायव निरीक्षक (सई) मा विशेष बढुवा भएकी कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा गर्ने निर्णय भएको थियो। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको…

Read More

काठमाडौं । काठमाडौंबाट नुवाकोट प्रवेशका लागि छोटो दूरीको बालाजु–टोखा–छहरे–त्रिशूली सडकखण्डमा आइतवार एउटा यात्रुवाहक माइक्रोबस दुर्घटनाग्रस्त भएको छ। त्रिशूलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका-७ गुरुङगाँउमा दुर्घटना हुँदा पाँच महिलासहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उक्त माइक्रोबस सडकबाट १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। दुर्घटनामा परी नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाकी ३९ वर्षीया मैना राई, काठमाडौंको महाराजगंजकी ४६ वर्षीया लक्ष्मी खड्गी, काठमाडौको गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नपा ५ माझिटारकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा, सोही स्थानका १८ वर्षीय…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्त्वहरू सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गरेका छन् । आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरू चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैति बनाउन लागिपरेको बताए । केही रैतीहरू बिहान–बेलुकी नै पूर्वराजा शाहको वरपर घुमिरहेका समेत प्रधानमन्त्री ओलीको आरोप छ । उनले नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालिमा समर्पित केही मान्छेहरूले नागरिकमा असन्तुष्टि बढाएको बताए । प्रतिगामी शक्तिहरूले व्यवस्था र…

Read More

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्म पूरा हुने बताएका छन्। ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उजले प्राविधिक रूपमा समस्या आउँदा निर्माण सम्पन्न हुन समय लागे पनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए। २०७८ सालदेखि निर्माण सुरु भए पनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाइ थियो। निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरु भएसँगै मुख्य राजमार्गमा आउने समस्या समाधानका लागि पूर्व तयारीका काम भइरहेको जानकारी दिए।…

Read More

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सु्न आज १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्ट निजामती कर्मचारीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा कर्मचारीमैत्री प्रावधान नरहेको भन्दै कर्मचारीहरूले सेवाअवधिको तह वृद्धिको समय ७ वर्षबाट ५ वर्ष कायम गर्न, समायोजन भएका कर्मचारीलाई एकपटक छनोटको अवसर दिन, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्न र तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्न माग गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले विधेयकको हालको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने बताउँदै सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय समिति बैठक पार्टी कार्यालय वनस्थलीमा अपराह्न बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा पाँचवटा एजेन्डामा छलफल हुनेछ । बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसाकाण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस र विविध एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए । यसअघि शनिबार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको थियो ।

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको स्पष्टीकरण गृहमन्त्रालयले शनिबार दिएको छ। भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर गृहमन्त्रालयले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ । विज्ञप्तिमा मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री लेखकको उक्त प्रकरणमा कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ। ‘शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।

Read More