Author: हाम्राे हेडलाइन

काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ । विभागको यस्तो चेतावनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि आएको हो । कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले…

Read More

काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्ने भएको हो । नवीकरण गरिएको लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले विभागलाई पटक–पटक निर्देशन दिएका थिए । तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ । हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश सुनाएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् । सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला…

Read More

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।      आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।       गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।…

Read More

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएओ) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८औँ सम्मेलनबाट नेपाल कार्यकारी समितिको सदस्यमा निर्वाचित भएको हो । सम्मेलनमा भाग लिन जेनेभा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी गराएका हुन् । साथै यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए । ‘जेनेभाबाट अर्को खुशीको खबर । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम सिर्जना गरेर एमालेलाई बदनाम गराउन लागिएको भन्दै कटाक्ष गरेका छन् । पोखरामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनलाई गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । अनेक झुठा मुद्दा लगाएर जनतालाई एमालेबाट अलग गराउन लागिएको ओलीको दाबी छ । साथै ती प्रयासहरुलाई तोड्न समेत युवाहरुलाई आग्रह गरे । ‘अनेक झुठा लान्छानाहरु मार्फत् जनतामा भ्रम फिजाउन खोज्ने र जनतालाई एमालेबाट अलग गर्न खोज्ने प्रयासहरु भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ती प्रयासहरुलाई तोड्ने काममा आज हामी सबै देशभक्तहरु, सधैँ देशमा सुशासन चाहनेहरु सबै समृद्धि चाहनेहरु र…

Read More

काठमाडौं । नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्न सक्ने तर विक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनले सरकार भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्याराहरू समाधान र केही विषयहरू थप गर्ने विषयमा समेत छलफल भएको बताए । उनकाअनुसार आठौँ संशोधनले जग्गा विकासका लागि हदबन्दीभन्दा बढी जग्गा लिन सकिने व्यवस्था गरे पनि त्यसको विक्री–वितरण गर्न नपाइने नियम व्यावसायिक कार्यान्वयनमा वाधक बनेको कांग्रेसको निष्कर्ष छ । उनले सरकारले अव्यवस्थित बसोवास,…

Read More

एजेन्सी । ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग उसको चर्किएको असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइदिएको छ। अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले  कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको उल्लेख गरेकी छन्। यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि रहेको उनले जनाएकी छिन् । हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा उसका क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमको छ । भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा ट्रान्सफर लिनु पर्ने…

Read More

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरू जारी छन्,’ अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।‘ आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक…

Read More

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।

Read More