काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम सिर्जना गरेर एमालेलाई बदनाम गराउन लागिएको भन्दै कटाक्ष गरेका छन् ।
पोखरामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनलाई गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अनेक झुठा मुद्दा लगाएर जनतालाई एमालेबाट अलग गराउन लागिएको ओलीको दाबी छ । साथै ती प्रयासहरुलाई तोड्न समेत युवाहरुलाई आग्रह गरे ।
‘अनेक झुठा लान्छानाहरु मार्फत् जनतामा भ्रम फिजाउन खोज्ने र जनतालाई एमालेबाट अलग गर्न खोज्ने प्रयासहरु भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ती प्रयासहरुलाई तोड्ने काममा आज हामी सबै देशभक्तहरु, सधैँ देशमा सुशासन चाहनेहरु सबै समृद्धि चाहनेहरु र समृद्ध नेपाल र सुखी नेपाली चाहनेहरु एकजुट हुनुपरेको छ ।’
सुन्दर पर्यटकीय नगरी पोखरालाई राम्रो बनाउने समेत एमालेको योगदान रहेको ओलीको दाबी रहेको छ । त्यस्तै मुलुकलाई अग्रगामी बाटोमा हिँडाउन युवा विद्यार्थीहरुले अगुवाइ गर्नुपर्नेमा जोड दिए ।