Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध…
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र…
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ। रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन्। उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागे। उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारबिरुद्धको अभियानलाई आफ्नो…
काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७२ औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताए। ‘देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ। कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ’उनले भने ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरीकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए । काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँ महानगरपालिकासँग देखिएको टकराबलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”,उनले भने । बागदरबार र सिंहदरबारबीच टकराब देखिएको…
काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ। बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिए । उनका अनुसार पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो। विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १४ मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताएका छन् । मेयर साहले सामाजिक संञ्जालमा पोष्ट गर्दै आफुले १४ मन्त्रालयसँग विभिन्न पहल गरेको तर मन्त्रालयले सुनेको नसुनै गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनु परेको बताएका हुन् । उनले भने,‘मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?’
काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् । गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।
जनक श्रेष्ठ लमजुङ । लमजुङमा सञ्चालित तीन दिने मौरी पालन क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा बेसिशहरमा शुक्रबारदेखि शुरू भएको यस तालिममा आइतबार सम्पन्न भएको हो । जिल्लाका मौरी जोन कमाण्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत मौरी जोन कमान्ड क्षेत्रभित्र पर्ने बेसिशहर, दोर्दी, सुन्दरबजार, मध्यनेपाल, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरी ३० जना सहभागी भएका थिए । सहभागिहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीको शारिरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो । सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो । यो प्रकरणको सुनुवाई अन्तिम चरणमा छ । आइतबारको सुनुवाई भने सकिएको छ । लामिछानेले नाबालिगमाथि बलात्कार गरेको भन्दै मुद्दा परेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए । उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।
काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन् । कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको लागि त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गरेका हुन् । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भने, ’यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।’
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
