Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध…
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र…
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
Author: हाम्राे हेडलाइन
एजेन्सी । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताउनुभएको छ । साथै उहाँले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताए । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ । चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो…
काठमाडौं । काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् । फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् । उनले भेटमा रमाइलो कुराकानी भएको पनि जानकारी दिएका छन् । ‘आज बालेन शाहज्यूसँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी,’ साम्पाङले फेसबुकमा लेखेका छन् । भेटका क्रममा हर्कले बालेनलाई चिनोको रूपमा सिलामसाक्मा दिएका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए । पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरेका छन् । पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी…
काठमाडौं । पञ्चपुरी नगरपालिका, सुर्खेतका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत सात जना र नमुना समाज, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपियाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । नगरप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल…
काठमाडौं । रवि लामिछानेको उम्मेदवारी खारेजिको माग गर्दैं निर्वाचन अधिकृतको कार्यालय चीतवनमा उजुरी परेको छ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले बताए । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पीसीआर र एन्टीजेन पोजेटिभको नमूनामा परीक्षण गरिएको थियो । त्यस क्रममा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६…
काठमाडौं । वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा कुनै उजुरी भए दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । तनहुँ १, बारा २ र चितवन २ मा हुने उपचुनावका लागि हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारमाथि परेको उजुरीमा भोलि बेलुकी ५ बजेसम्म जाँचबुझ गरी निर्णय गर्ने र बेलुकी ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै, उम्मेदवारी फिर्ता लिन इच्छुक व्यक्तिले पर्सि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिर्ता लिन सक्ने छन् । बिहीबार दिउँसो ३ बजे उम्मेदवारको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुने लागेको हो । रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गरिएको छ । पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला…
काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगकाअनुसार ३ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो सय दिने उपलब्धि सोमबार सार्वजनिक गरेका हुन्। नेकपा एमालेसँग मिलेर बनेको सरकारमा अहिले कांग्रेस मिसिएको छ। एमाले प्रतिपक्षमा छ। प्रचण्डले यसबीचमा दुई पटक विश्वासको मत लिइसकेका छन्। यसबीचमा मन्त्रिपरिषद् पनि सात पटक पुनर्गठन गरिसकेका प्रचण्डले सय दिनमा देशले आर्थिक फड्को मारेको दाबी गरिएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
