Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। त्रिवि क्रिकेट…
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
- सुन्दर मानुङकोट [फोटो फिचर]
Author: हाम्राे हेडलाइन
काठमाडौं । खाना पकाउने ग्यास लिक भएपछि आगलागीमा परेका कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। भण्डारीको साथमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार उनको अनुहारमा छाला राम्रोसँग पलाएको छ। कान्सेलिङ डाक्टर सुनिल मनोहर केश्वानीले अनुहारमा छाला राम्रोसँग पलाउन थालेकाले सर्जरी गर्न नपर्ने बताएका छन्। यस्तै ग्राफ्ट गरेको छालाले राम्रोसँग काम गरिरहेको भए पनि पूर्ण रुपमा निको हुन भने केही समय लाग्ने चिकित्सक केश्वानीले बताएका छन्। अर्को हप्ता भने सम्पूर्ण ग्राफ्ट गरिएको छालाको मूल्यांकन गरिनेछ।
काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्साइडर ट्रेडिङ गरेको भन्दै ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ। सेबोनले सकारी वकिलको कार्यलयमार्फत बुधबार काठमाण्डौ जिल्ला अदालतमा न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो। न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ। दायर गरिएको मुद्दामा आफू अध्यक्ष रहँदा न्यौपानेले रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको दाबी गरिएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि)सम्म कुल ४४ दिन परेका छन्। यसमा विभिन्न अवसर तथा पर्वका अवसरमा क्षेत्रगत हिसाबले दिइने बिदा पनि समावेश छन्। २०८० सालको दसैँमा ९ दिन बैंक बिदा दिइएको छ। जसमा घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ। यसैगरी २०८० सालको तिहारमा ५ दिन बिदा दिइएको छ। तिहारमा लक्ष्मी पूजादेखि बिदा दिइएको छ। राष्ट्र बैंकले बिदाका किसिमलाई ‘क’ र ‘ख’…
काठमाडौं । एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो। यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि खेल तालिका हेरफेर भएको हो। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ। यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११…
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए । उनले अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्ने बताउँदै कानून परिवेशअनुसारका कानून निर्माण गर्न आग्रह गरे । उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए । उनले सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानून ल्याएमात्रै सामुदायिक रेडियोहरु व्यवस्थित हुनसक्ने बताए । उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका…
एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ। भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो।उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् रु’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा अदालतले गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ। अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए। प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको उनको भनाइ छ। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए।
काठमाडौं । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ नेपालीको उद्धार गरिएको छ। दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो। बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले बिहीबार (९चैत) बिहान उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे। भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए। मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ।
काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले ३० घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्न सेवाग्राहीसँग घुस लिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनले बैंक खाता फुकुवा गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको बताइएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
