काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट सटहीको आवश्यक ब्यवस्था गरिरहेको छ ।
यस वर्ष प्रतिव्यक्ति १८ हजार ५०० रुपेयाँबराबरकै नयाँ नोट सटहीको सुविधा दिने गरी प्रकृया अगाडि बढेको भएपनी अन्तिम निर्णय भने भएको छैन । ५, १०, २०, ५० र १०० को एक–एक बन्डल नयाँ नोट सटही व्यवस्था हुनेछ । अन्तिम निर्णय हुनेबित्तिकै सुचना जारी हुनेछ ।
यसपालि सर्वसाधारणले नयाँ नोट सटहीका गर्दा सर्बसाधारणको सहजतालाई ध्यानमा राखेर क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको छ । सअघिका वर्षहरुमा नयाँ नोट सटहीका लागि क्यूआरबाट भुक्तानी गर्ने व्यवस्था थिएन । घटस्थापनाको आसपासबाट नयाँ नोट सहटीको सुविधा सुरु हुनेछ ।