काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको प्रतिसिलिण्डरमा २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।
यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ। अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।