काठमाडौं । दशैंका लागि सर्वसाधारणले आज अर्थात असोज २९ गतेदेखि नयाँ नोट साट्न सकिने भएको छ। काठमाडौं उपत्यका भित्रका सर्वसाधारणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्न सक्नेछन्।
काठमाडौं उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सतहीको सुविधा लिन सक्नेछन्।
सर्वसाधारणले साना ठूला सबै गरेर अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको छ। ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डलले १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुने व्यवस्था केन्द्रिय बैकले गरेको छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ नोट साटिने आँकलन गरिएको छ।