काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै खापानमा विशेष ध्यान दिन सुझाव दिएको छ।मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।
यसैगरी, मन्त्रालयले बिदाका दिनहरुम पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चीतताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक, एम्बुलेन्स आदी तयारी अवस्थामा राख्न पनि सरोकारवाला निकायलाई अनुरोध गरेको छ।