काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ दिन भित्र सम्पर्कमा नआए ३० वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।
आइतबार सूचना जारी गर्दै सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाएको भन्दै ७ दिन भित्र सम्पर्क गर्न प्राधिकरणले ताकेता गरेको छ।