काठमाडौं । प्यूठानको खलंगा नजिकै रहेको धार्मिक तीर्थस्थल झाक्रिस्थान मन्दिर क्षेत्रमा निर्मित ‘पिकनिक स्थल’ निर्माण गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ भन्झ्याङ निवासी स्व.बुवा रणबहादुर शाह र आमा मन कुमारी शाहको स्मृतिमा छोराहरु भुपेन्द्र बहादुर शाह, राई बहादुर शाह र चन्द्र बहादुर शाहले उक्त ‘पिकनिक स्थल’को निर्माण गरेका हुन् ।
छोरा भुपेन्द्र भारतीय प्रहरीमा, राइ बहादुर गाउँमै खेती किसानी गर्छन् भने चन्द्र शाह पेशाले सरकारी इञ्जिनियर हुन् । उनी हाल सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख हुन् ।
पिकनिक स्थलको लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेकी छन् । कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । छोरा चन्द्र शाहले बुवा आमाको स्मृतीमा बनाइएको उक्त पिकनिक स्थलमा करिब पौने चार लाख रुपैयाँ लगानी भएको बताए । यसको भरपूर्ण उपयोग हुनेमा विश्वस्त रहेको उनको भनाई छ ।