काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रक्रिया स्वभाविक नभएको बताएका छन् । उनले यो प्रक्रिया गलत भएको बताउँदै छानविन समिति बनाएको बताएका हुन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसप्रति सरकार गम्भीर रहेको बताए । ‘छानविन समितिको प्रतिवेदन आएपछि सुझाव लिदैँ दूरसञ्चार प्रदायक कम्पनीको नियमन गर्नेछौं,’ उनले भने, ‘ एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि यसलाई गम्भीरताका साथ लिएका छौं ।’