काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए। सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्। त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ।
काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।
लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।
मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको थियो।