काठमाडौं ।ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए ।
घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छआमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।