काठमाडौं । संघ सरकार र मर्स्याङ्दी गाउँपालिकाको आफ्नै लगानीमा तातोपानी कुण्डको स्तरउन्नतिका लागी प्रविधिक टोलिसहित स्थलगत स्टिमेट गरेको छ । स्नान घर, पिकनिक स्थल, पार्क सहितको ब्यवस्थित कुण्ड निर्माण गर्ने गाउँपालिकाको योजना छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामायाँ थापा, वडा अध्यक्ष बल बहादुर गुरुङ, ईन्जिनियर सुरेश गौतम र स्थानीयहरुको उपस्थितिमा उक्त कुण्डको स्थलगत अनुगमन गरेका हुन् ।