काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन्।
राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए।
नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८, माओवादी केन्द्रबाट उपप्रधानसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीहरू
एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा माओवादी केन्द्र
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थ मन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नेकपा एकीकृत समाजवादी
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
२. धनबहादुर बुढा, सहरी विकास मन्त्री