काठमाडौं । मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई ३० बैशाखभित्र विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईका अनुसार २६ चेतमा बसेको गाउँपालिका शिक्षा समितिको बैठकको निर्णयअनुसार समिति गठन गर्न सबै विद्यालयमा परिपत्र गरिएको हो ।
पालिकाले गाउँपालिकाको शिक्षा ऐनअनुसार व्यवस्थापन समिति गठन गरेर सोको जानकारी पालिकालाई गराउनु पर्नेछ । गाउँपालिकाको शिक्षा ऐन अनुसार १ जना अध्यक्ष, अभिभावकहरुमध्येबाट कम्तीमा २ जना महिलासहित ४ जना सदस्य, विद्यालय रहेको वडाका जनप्रतिनिधिमध्येबाट एकजना सदस्य समितिमा हुनुपर्नेछ ।