महिनावारी एक प्राकृतिक र नियमित प्रक्रिया हो जसमा हरेक महिना महिलाहरुको पाठेघरको ग्रिवाबाट रगत बगेर योनीबाट निस्कन्छ । यो प्रक्रियालाई महिनावारी, मासिक धर्म वा रजस्वला पनि भनिन्छ ।
यो सृष्टिलाई निरन्तरता दिने एक पवित्र प्रक्रिया हो । महिलाहरुलाई महिनावारी ४ हप्ताको अन्तरालमा ३ देखि ४ दिनको लागि हुन्छ । हरेक महिना महिलाको शरीरले गर्भावस्थाको लागि तयारी गर्छ र गर्भावस्था नभएको अवस्थामा महिनावारी हुन्छ ।
प्राय: जसो, केटीहरुलाई महिनावारी ११ वर्ष देखि १४ वर्षको अवधिमा सुरु हुन्छ भने ४५ वर्ष देखि ५० वर्षको उमेरमा महिनावारी रोकिन्छ । महिनावारी हुँदा तल्लो पेट दुख्ने, थकान, ब्लडिङ , दागहरु र पिम्पलहरु आउने, मन:स्थिति परिवर्तन, टाउको दुख\ने, वजन बढ्ने, घुडा दुख\ने, चिन्ता हुने, चिड चिडाहट हुने आदि जस्ता लक्षणहरू देखापर्छन ।
उक्तसमयामा तातो पानी पिउने, सफा लुगा लगाउने, समयमा प्याड फेर्ने, स्वस्थ खाना खाने, जडिबुटीहरु खाने, स्वस्थलाई हानी हुने खाना नखाने, सफा वातावरणमा बस्ने, आदि जस्ता उपायहरुले महिलाहरुलाई महिनावारीमा निकै मदत गर्छ । कहिलेकाहिँ महिनावारी समयमा हुदैन, भएपनि ७-१० दिन सम्म हुन्छ, अति धेरै पेट दुखेमा वा उल्टी भएमा, वा अरु कुनै असामान्य लक्षणहरू छन् भने डाक्टरलाई देखाउनुपर्छ ।
महिनावारी हुदा महिलाले लगाएको वस्त्रमा रगत नलागोस् भनेर सफा कपडा, प्याड, ट्याम्पोन वा मेन्स्रुअल कप को प्रयोग गर्ने गरिन्छ । उपयुक्त साधनहरु मध्ये मेन्स्त्रुअल कप बाहेकका साधनहरु उपलब्धता, सहजता र सरलताको हिसाबले बढी प्रयोग गर्ने गरिन्छ तर स्वस्थता र दिर्घकालिन प्रयोगताको हिसाबले मेन्स्रुअल कप बढी उपयोगी मान्न सकिन्छ ।
मेन्स्रुअल कप भनेको के हो ?
कतिपय महिलाहरु अजै मेन्स्रुअल कप बारे अन्जान छन् । मेन्स्रुअल कप महिलाहरुको लागि बनाइएको पुन:प्रयोग गर्न मिल्ने सुरक्षित र भरपर्दो उत्पादन हो । यो सिलिकोनले बनेको सानो लचिलो सोली आकारको कप हो । यो महिलाहरुले महिनावारी हुदा रगत संकलन गर्न प्रयोग गर्छन । यो प्याड वा ट्याम्पोनको सट्टा प्रयोग गरिने वैकल्पिक साधन हो । यो प्याड र ट्याम्पोन भन्दा अलि महँगो भए पनि यसलाई कम्तिमा ३ वर्ष सम्म वा त्यो भन्दा बढी समय सम्म प्रयोग गर्न मिल्ने हुँदा प्रयोगको हिसाबले सस्तो र सुरक्षित मान्न सकिन्छ।
अध्ययनको अनुसार एउटा प्याडलाई कुहिन कम्तिमा ५०० वर्ष सम्म लाग्छ । मेन्स्रुअल कप प्याड भन्दा धेरै राम्रो हुन्छ । मेन्स्रुअल कपले वातावरणलाई हानी गर्दैन, यसलाई १२ घण्टा सम्म प्रयोग गर्न मिल्छ र फेरी धोएर र सफा गरेर पुन: प्रयोग गर्न सकिन्छ । मेन्स्रुअल कपको प्रयोगले लीकेज, दागहरु, असहज आदि जस्ता समस्याहरु हुदैन । यसको सहि तरिकाले प्रयोग गर्ने हो भने यसले कुनै पनि समस्यालाई निमत्याउँदैन ।
महिनावारी सम्बन्धी अन्धविश्वास
नेपालको कैयौ सामाजिक समस्या मध्ये महिनावारी सम्बन्धी अन्धविश्वास एक हो । नेपालको धेरै सहर विकसित भएतापनि कतिपय गाउँहरू र सहरहरूमा महिनावारी सम्बन्धी अन्धविश्वास अझै चलिरहेको छ । यस्तो अन्धविश्वासहरु प्रायजसो सुधुरपश्चिमको अच्छाम, सुरखेत, सल्यान, कालीकोट, आदि जिल्लाहरूमा रहेको छ । यस्को कारण भनेको शिक्षा र जनचेतनाको अभाव हो । चालचलन, रीति, रिवार्ज, धर्मको नाममा चलिआएको अन्धविश्वासलाई हामीले अझै हाम्रो समाजमा देख्छौं।
महिनावारी हुदाँ महिलालाई भान्सा घरमा छिर्न मिल्दैन, मन्दिर जान मिल्दैन, किताब छुन मिल्दैन, पुरुषको अगाडि समेत जान मिल्दैन । देवता रीसाउँछन् भनेर धर्मिक अन्धविश्वासले मानिसहरूलाई जगटेर राखेको छ। अध्ययनको अनुसार कुनै पनि देवीदेवताले वा कुनै पनि पवित्र शाश्त्रमा महिनावारी हुदाँ मन्दिर जान मिल्दैन, कसैलाई छुन मिल्दैन वा अरु अन्धविश्वासहरुको बारेमा वण{न गरिएको छैन ।
यो सबै मानिसको सोचले गर्दा चलिरहेको अन्धविश्वास हो । यस बेला महिलाहरूलाई अपवित्र र अछुत मानिन्छ। के महिलाहरू बिष हो ? जसलाई छुन मिल्दैन । के महिलाहरुले पाप गरेका छन् ? उनीहरुलाई अपवित्र मानिन्छ । पहिला जब प्याड, ट्याम्पोन, मेन्स्त्रुअल कप, आदिको उपलब्धत थिएन तब महिलाको स्वच्छ स्वास्थको लागि उनिहरूलाई एउटा कोठामा बस्न लगाइन्थ्यो । त्यसरी घरको अरू ठाउँ र भन्सा घर फोहोर हुदैन थियो । तर अहिले यी सबै चिज वस्तुको उपलब्धता छ तापनि अझै महिलाहरूलाइ भान्सा घर, मठ, मन्दिर छिर्न दिइदैन ।
कुनै कुनै ठाउँहरुमा त महिलाहरूलाई छाउपडीमा पठाइन्छ । छाउपडी भनेको गाईवस्तुलाई राख्ने गोठ वा एउटा सानो झोपडी हो जहाँ महिलाहरूलाई महिनावारी हुदा राखिन्छ । छाउपडी प्रथा नेपालमा बर्षौ देखि चलिआएको कुप्रथा हो । छाउपडी प्रथा कानूनी रूपमा बन्देज गरे पनि धेरै गाउँहरूमा यो प्रथा अझै चलीरहेको छ । छाउपडीमा बस्दा धेरै जोखिम स्थितिहरूको सामना गर्नलाई तयार हुन’ पर्छ । जस्तै: सर्पले टोक्ने डर, जनावरले खाइदिने डर, महिला हिंस|क पुरुषको डर आदि कारणहरूले गर्दा कतिपय महिलाहरूको मृत्यु छाउपडीमै बस्नाले गर्दा भएको छ । यो प्रथा अहिले निकै कम मात्रामा देखापरेको छ तर अझै यसलाई पूर्णरुपले अन्त्य गर्न सकिएको छैन । विभिन्न समाज सुधारकहरुले धेरै ठाउहरुमा छाउपडी प्रथाको अन्त्य गर्न जनचेतना जगाएर तथा कानुनको सहारामा यो प्रथा अहिले निकै कम हुदै गइरहेको छ तर अझै यसलाई पूर्णरुपले अन्त्य गर्न सकिएको छैन ।
धेरै पुस्ता देखि चल्दै आएको धेरै चालचलनहरुमा हामीले सुधार ल्याउनुपर्ने छ। हाम्रो समाजमा रहेको यस्तो कुप्रथा तथा चालचलनलाई हामीले हटाउनु पर्छ । सबै चालचलन, रितिरिवाज, प्रथाहरु राम्रो र सत्य हो भन्ने छैन। धेरै प्रथाहरु नराम्रो पनि हुन्छ र हामीले समयमै नराम्रो प्रथाहरुको पहिचान गरि नराम्रो चालचलनलाई पछाडि छोडदै राम्रो चलनसंगै अगाडि बढ्नु पर्छ ।
रक्तस्राव देवी
महिनावारी हुदाँ महिलालाई अछुत र अपवित्र मानिने यस पृथ्वीमा यस्तो ठाउँ पनि छ जहाँ रक्तस्राव देवीको पूजा गरिन्छ । भारतको अछाम गुहाटी भन्ने ठाउँमा कामख्या देवीको मन्दिर छ जहा रक्तस्राव देवी (कामख्या) को पूजा गरिन्छ । यो मन्दिर ५१ शक्तिपिठ मध्ये एक हो । यो मन्दिरसंग धेरै मानिसहरुको धार्मिक आस्था जोडिएको छ ।
यो मन्दिरले नारी शक्ति, दिव्य ऊर्जाको प्रतिनिधित्व गर्दछ। आध्यात्मिक विश्ववास भएको यो मन्दिर निकै पुरानो र शक्तिशाली रहेको विश्वास छ। कालिका पुराण अनुसार, जब बिष्णुले सुदर्शन चक्रले सती देवीको शरीरलाई ५१ टुक्रा गरेका थिए तब सतिको योनि भारतको अछाम, गुहाटीमा खसेको थियो ।
सतिको मृत्यु पछि शिवले ताण्डवगरेको ठाउँ पनि कामख्या मन्दिर नै हो । सतिको योनिले कामख्या देवीको रूप लिएको मान्यता छ। कामख्या मन्दिरको २ तल्ला तल योनि मुद्रा छ जहाँ प्राकृतिक रूपमा पानि बगेको देखिन्छ । कामख्या देवीलाई वार्षिक रूपमा महिनावारी हुदाँ प्राकृतिक रूपमा बग्ने पानि रातो रंगको हुन्छ । महिनावारी २२ जुन देखी २४ जुन सम्म ३ दिनको लागि हुदाँ मन्दिर बन्द गरिन्छ । महिनावारीको चौथो दिन मन्दिरमा अम्बुवाचि मेला लाग्छ ।
यो मन्दिर महिलाहरुलाई सम्मान गर्नु पर्छ भनेर एउटा उदाहरण हो। महिनावारीको नाममा कति महिलाहरुलाई हेपीन्छ, नराम्ररी बेज्जत गरिन्छ। कति धेरै कठिन परिस्थितिलाई सामना गर्दै आएका महिलाहरुको सम्मान गर्नु पर्छ ।
निष्कर्ष
अन्तमा, रजस्वला भनेको कुनै दोष वा श्राप होइन । यो त एउटा वरदान हो । हामीले रजस्वला हुँदा खुसी मनाउनु पर्छ । अन्धविश्वासको कारण शिक्षा तथा चेतनाको स्तर वृद्धि नभएको प्राचीन समयमा चालिएको कदमलाई परिवर्तन गर्न सक्नु पर्छ । अविकसित तथा ग्रामीण जन समुदायमा गएर यसको महत्व दर्शाउनु पर्छ। हरेक सुदुर पश्चिमतिर वनेका छाउगोठ भत्काउनु पर्छ। सवभन्दा पहिला मनको छाउगोठ भत्काउनु पर्छ ।
अबका कुनै छोरी पनि छाउ घरमा वस्नु पर्दैन । चेतना स्तर वृद्धि गर्दै जानु पर्छ । परिवर्तन मन बाट गर्नुपर्छ । मन देखि हरेक घरमा छोरी वा बुहारीमा समान व्यवहार गर्नु पर्छ । दुर्गम बस्तीतिर विद्यालयमा सुरक्षित शौचालय ल्याउनु पर्छ। अवका छोरीहरुले रजस्वलालाई नराम्रो, अपवित्र, अशुद्ध केहि पनि मान्नु पर्दैन । निर्धक्कसँग दाजु भाई, बाबासँग बस्न हुन र खान पाउनु पर्छ । मठ मन्दिर जान नहुने, पुजा गर्न, पुरुषहरूसँग बस्न नहुने, सूर्य हेर्न नहुने साइत बन्दैन भन्ने त एउटा भ्रम र अन्धविश्वास हो । त्यसैले, सम्पूर्ण छोरीहरुले रजस्वलालाई एक उत्सवको रुपमा लिएर जीवनलाई अघि बढाउनु पर्छ ।
लेखीका : जिज्ञाशा छत्कुली
रोजबड स्कूल, कक्षा १०
बुद्धनगर, काठमाडौँ