काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस मागेको आरोपमा कपिलवस्तुको महाराजगंज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर गरेको छ।
वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीविरुद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १(क)बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।