काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।