काठमाडौं । बजाज पल्सर ‘एन १५०’ को नेपाली बजारमा बुकिङ खुला भएको छ । कम्पनीले स्पोर्टी १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो ।
कम्पनीले अबको कैही दिन भित्रमै पल्सर एन १५० को बिक्री सुरू गर्ने तयारीका साथ बुकिङ खुला गरेको हो ।
बजाज पल्सर एन १५० ग्राहकले बजाजको कुनैपनि शोरुमबाट बुकिङ गर्न सक्नेछन् । पल्सर एन १५० निकै स्पोर्टी डिजाइन र यो सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकल भएको कम्पनीको भनाई छ । पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ । पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।