काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। आज नेप्से २६ अंक घटेको हो। यसअघि अघिल्लो दिन १.४६ अंक घटेको थियो।
आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ। यो अंक विगत करिब ४ महिनाकै न्यूनतम विन्दु हो। आज कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३६ करोडको कारोबार भएको छ। आज २२ कम्पनीको मूल्य बढ्दा २३९ को घट्यो। ११ को स्थिर रह्यो।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ। टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो। बुंगल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

