काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये तीन जनाको टिचिङ, १ जनाको मदरल्यान्ड र १ जनाको केएमसी हस्पिटलमा उपचार भइरहेको छ । १ जनाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।