काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ चितिको बाटो स्तरोन्नत्ती गरिने भएको छ । असारमा आएको बाढीका कारण उक्त बाटो अहिले बन्द भएको अवस्था छ । रिट्ठेबगर, रुम्टाबेसी, बुढीकुवाको अवरुद्ध बाटो खुलाउन मध्यमस्र्याङ्दी जलविद्युत आयोजना र बेसिसहर ११ वडा कार्यालयबीच सहमति भएको छ ।
उक्त सहमति अनुसार रिट्ठे बगर–बुढीकुवा सडक बुधबार सबै सफा गर्ने, सोही सडकको समस्या भएको ठाउँमा २,३ दिनभित्र इस्टिमेट गरी यहि हप्ता टेन्डर निकाल्ने,मस्र्याङ्दीमा जमेको रिट्ठे बगर माथीको भाग वडा हुँदै नगरपालिकाको निर्णयसँगै जिल्ला प्रशासनबाट प्रक्रियागत रुपमा आएपछि नगरपालिकामार्फत बालुवा निकाल्न सहमति दिने निर्णय भएको छ ।
यस्तै पहिरोबाट समस्या भएको घरहरुलाई ६ महिनाको लागि भाडामा स्थानान्तरण गर्ने र मध्य मस्र्याङ्दीको ड्यामबाट हिँड्ने बाटोको लागि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखी पठाउने निर्णय भएको छ ।

