काठमाडौं । नारायणघाट–मुग्लिन सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी हराएका दुई वटा बस र यात्रुको खोजीका लागि चीनसँग सहयोग माग्ने तयारी गरिएको छ ।
गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको हो । खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।
बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएपनि हालसम्म २४ वटा शव मात्रै फेला परेको छ ।