काठमाडौं । लमजुङमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेसीशहर नगरपालिका-२, गैरी बस्ने ५८ वर्षीया गिता पराजुली रहेकी छन् ।
मंगलबार लमजुङ सीप विकास प्रतिष्ठान (गैरी क्याम्पस) पछाडि घाँस काट्न गएकी पराजुलीको ३३ केभी प्रशारण लाइनको तारबाट करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
धेरै समयसम्म नफर्केपछी खोजी गर्दा दिउँसो उक्त स्थानमा मृत अवस्थामा भेटिएपछि उनको परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टाेलिले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।