काठमाडौं । काठमाडौंस्थिति ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको हो ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।