काठमाडौं । आँबुखैरेनी गाउँपालिका वडा न. ६, घलडाँडा स्थित “घलडाँडा कृषक समूह“का कृषकहरू करिब १५ वर्ष पछि उत्साहका साथ गहुँ खेतीमा फर्किएका छन्।
उपयूक्त भूगोल हुँदाहुँदै पनि भूगोल सुहाउँदो बीउ र प्रविधिमा पछी परेको उक्त समूहलाई गाउँपालिकाले कृषि शाखा मार्फत बीउ र प्रविधिमा जोडे पछि कृषकहरुले हाल २० रोपनीमा सामूहिक गहुँ खेती गरेका छन्।
प्रविधि र बीउ अभावले थला परेको गहुँ खेतीले मुहार फेरे पछी हाल कृषक हरू उत्साहित छन् र भविष्यमा पनि गहुँ खेतीलाई निरन्तरता दिने बताउँछन् ।