काठमाडौं । आँबुखैरेनी गाउँपालिका तनहुँ र चितवन मेडिकल कलेज, भरतपुर १०– चितवनबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चूमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले उक्त समझौतामा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतामार्फत आँबुखैरेनी गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा राखिएको छ ।
सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका नागरिकहरुले चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकम छुट पाउनेछन् ।
यस्तै प्रत्येक १५-१५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनको लागी पालिकाको माग बमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ डाक्टर उपलब्ध गराउनेछ ।
पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नको लागी आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउनेछ ।