काठमाडौं । पोखरामा आगोको लप्काले घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
हेलिकप्टरमार्फत अर्थमन्त्री पौडेललाई काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। शनिबार पोखरा महानगरले सुरु गर्न लागेको पर्यटन वर्षको उद्घाटन सत्रमा बेलुन उडाउन खोज्दा आगोको झिल्का उठेको थियो।
सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए।