काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले सहकारी कर्जा असुलीसम्बन्धी मुद्दा किनारा गर्न कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ। कृतिबहादुर बस्नेत अध्यक्ष रहेको उक्त न्यायाधिकरणमा वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे सदस्य छन्।
त्यसैगरी, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट तथा सदस्यमा पूर्वसहसचिव रोहितकुमार विसुवाल र थानेश्वर गौतम नियुक्त भएका छन्।