काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक चारवटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले ती कम्पनीलाई विभिन्न सरकारी निकायको सिफारिसका आधारमा १/१ वर्षको लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ।
कालोसूचीमा परेका कम्पनी र व्यक्तिहरू:
थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि
मुख्य व्यक्ति: मुन्नी कुमारी मेहता
सिफारिस गर्ने निकाय: सहरी विकास तथा भवन कार्यालय, विराटनगर मोरङ
डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि
मुख्य व्यक्ति: रघुनाथ कुमार ठाकुर
सिफारिस गर्ने निकाय: सडक डिभिजन, चन्द्रनिगाहपुर, रौतहट
शिवम् कन्स्ट्रक्सन
मुख्य व्यक्ति: राधेश्याम झा
सिफारिस गर्ने निकाय: गौशाला नगरपालिका कार्यालय, महोत्तरी
ग्रीन लिफ प्रालि
मुख्य व्यक्ति: लुना खरेल
सिफारिस गर्ने निकाय: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
सार्वजनिक खरिद नियमावलीअनुसार कालोसूचीमा परेका कम्पनीहरूलाई निर्धारित अवधि (१ वर्ष) भित्र कुनै पनि सार्वजनिक निकायद्वारा आह्वान गरिएका सरकारी खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइन्छ।
पछिल्लो समय काम नगरेका, सम्झौता उल्लंघन गरेका वा गुणस्तरीय काम नपुर्याएका कम्पनीहरूलाई सार्वजनिक निकायहरूले क्रमशः कारबाही सिफारिस गर्ने क्रम बढेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समय समयमा कारबाही सूची अद्यावधिक गर्दै आएको छ। यसले सरकारी परियोजनाको पारदर्शिता र कार्यसम्पादनमा सुधार ल्याउने विश्वास गरिएको छ।