काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले ४२ वटा जिल्लाका नदीहरूमा पानीको बहाब बढ्ने र बाढीको जाखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका जिल्लाका नदीमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम स्तरको जोखिमको उच्च सम्भावना रहेको जनाएको छ।
त्यसैगरी इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व र पश्चिम, लमजुंङ, तनहँु, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कंचनपुर, दार्चुला र आसपासका जिल्लामा पनि मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।