काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।
फागुन २१ गते निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारकी प्रमुखले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन्।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा कार्कीले शपथ लिएकी हुन्। कार्कीको नेतृत्वमा अहिले ८ सदस्यीय मन्त्रिपरिषद् छ भने केही मन्त्री थप्ने प्रधानमन्त्री कार्कीको योजना छ।