काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले जेनजी आन्दोलनको विषयमा गठित जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै विश्वास व्यक्त गरेकी छन्।
आयोगका प्रमुख गौरीबहादुर कार्की केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका थिए।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिइन् र स्रोत तथा साधनको सिमितताका कारण आयोगको म्याद पटक–पटक थप्नुपरेको भए पनि यसले “दुधको दुध पानीको पानी छुट्याएको” विश्वास व्यक्त गरिन्।
उनले सुरक्षा र गोपनीयताको कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नहुने संकेत गरेकी छन्। तर, प्रतिवेदनको निचोड भने सरकारले सार्वजनिक गर्ने जानकारी दिइएको छ।

