काठमाडौं । सरकारले खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको छ । खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने नागरिकका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

