काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २६५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन सुनको मूल्यमा भएको ठूलो वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ लिएको छ।

