काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य तथा गुणस्तर कायम नभएका फूल, माला र सजावटका सामग्री बिक्री वितरण नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको हो।
महानगरपालिकाले दीपावली पर्वका अवसरमा यस वर्ष महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्न र नगराउन अनुरोध गरेको छ। साथै स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन पनि आग्रह गरेको छ।
महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ।
यसैबीच, नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणलाई सहज बनाउन महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा महानगरका विभिन्न स्थानमा बिक्री केन्द्र तोकेको छ।
स्वदेशी फूल तथा माला बिक्रीका लागि तोकिएका स्थानहरू
महानगरपालिकाले नयाँ बानेश्वर, मध्य बानेश्वर, शंखमूल, बत्तीसपुतली, तीनकुने, सिफल, चाबहिल, स्वयम्भू, कालीमाटी, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगन्ज, गोंगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेबहाल, सुन्धारा, न्युप्लाजा, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाएको छ।
तोकिएका प्रमुख बिक्री केन्द्रहरूमा एनबी सेन्टर नयाँ बानेश्वर, बिगमार्ट शंखमूल, आईप्लेक्स मल नयाँ बानेश्वर, सेल्सबेरी मध्य बानेश्वर, फोनेक्स टावर बत्तीसपुतली, एसी कम्प्लेक्स चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटी बैंक्वेट, भाटभटेनी कलंकी, भ्याली कोल्ड स्टोर नयाँ बजार, बुद्ध महल माछापोखरी, हाँडीगाउँका विभिन्न डबली, सेल्सबेरी महाराजगन्ज, आईटी बिल्डिङ कमलादी, स्मार्ट स्मल पुतलीसडक, भाटभटेनी अनामनगर र काठमाडौं मल सुन्धारालगायत रहेका छन्।
त्यस्तै, टेबहाल मन्दिर परिसर, बज्र कम्प्लेक्स न्युप्लाजा, लगन, जैसीदेवल र भृकुटीमण्डपमा पनि स्वदेशी फूल तथा माला बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ।
महानगरपालिकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली किसानको उत्पादनलाई बजार उपलब्ध गराउने तथा प्लास्टिकजन्य सामग्रीबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।
फूल तथा माला बिक्री केन्द्रसम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नम्बर ०१–५९०१७६३, ०१–५९०१७६४ तथा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिनेछ।
सम्बन्धित बिक्री केन्द्रका सम्पर्क व्यक्तिहरू
- एनबी सेन्टर, नयाँ बानेश्वर : आकृति श्रेष्ठ – ९८०१३६२३१२
- बिगमार्ट, शंखमूल : विपिन रावल – ९८४८६४३२९७
- आईप्लेक्स मल, नयाँ बानेश्वर : शिशिरकुमार पोखरेल – ९८६१७८१७५३
- सेल्सबेरी, मध्य बानेश्वर : सपना सिजापती – ९८०१९७१३०८
- फोनेक्स टावर, बत्तीसपुतली : सुरज थापा – ९७६३६९७१४०
- एसी कम्प्लेक्स, चाबहिल : गोविन्दराज गिरी – ९८४१५१७२३३
- चाबहिल गणेशस्थान तरकारी बजार : अज्जब श्रेष्ठ – ९८४१०७८८०८
- केएल टावर अगाडि, चाबहिल : चेतना गुरुङ – ९८०५८४१९७८
- आईटी बिल्डिङ, कमलादी : ०१–४५१५७८६
- स्मार्ट स्मल, पुतलीसडक : चित्रबहादुर ढुंगाना – ९८६९५३९५११
- भाटभटेनी, अनामनगर : अजय लामा – ९८०१२४१४५१
- काठमाडौं मल, सुन्धारा : ०१–५३५२५५५
- गुडमार्ट, बज्र कम्प्लेक्स, न्युप्लाजा : मोहिङका भूर्तेल – ९८५१४००७९१

